मेचीनगर नगरपालिकको कोरोना नियन्त्रणका लागि ९५ लाख रुपैयाँ बजेट
सन्दर्भ समाचारदाता
मेचीनगर । मेचीनगर नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ९५ लाख रुपैयाँ बजेट छुट्याएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले कोभिड नियन्त्रण कोषमा ९५ लाख रुपैयाँ बजेट छुट्याएको हो ।
नगरपालिकाले गत असारमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ७५ लाख छुट्याएको वरिष्ठ प्रशासकीय अधिकृतले बताए । उनका अनुसार यसपटक सातौँ नगरसभाको वैठकले थप २० लाख रुपैयाँ छुट्याएको छ संक्रमित विरामीहरुको घरमा अक्सिजन नाप्ने अक्सिमिटर र औषधिका सामाग्री तथा स्वाब संकलनको किट, पीपीई लगायतका स्वास्थ्य सामाग्री खरिदमा खर्च गरिने उनको भनाइ छ ।