झापामा आज २१८ संक्रमित ४ को मृत्यु

भद्रपुर । झापामा आज १ महिला सहित ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दमक ३ का ६६ बर्षिय पुरुष, कचनकवल १ की ६० बर्षिया महिला र ४४ बर्षिय पुरुष र हल्दिबारीका ७७ बर्षिय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसैगरी आज झापामा १०० महिला र ११८ जना पुरुष गरी २१८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।