उपनिर्वाचनमा खिमलाल विजयी, बादल पराजित

काठमाण्डौं । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रियसभा उपनिर्वाचनमा पराजित भएका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित भएका हुन् । मतभार अनुसार बादलले ४०१४ मत र खिमलालले ५०८८ मत ल्याउन सफल भएका छन् ।

स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ ।

त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ । राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो भने साढे ४ बजेदेखि मतगणना शुरु भएको थियो ।

उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्पm १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका थिए ।

प्रदेशसभा सदस्यको मतभार एक बराबर ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ रहेको छ ।

परणिमले विहीबारको मतदानमा नेपाल समूहले बादललाई नसघाएको प्रष्ट भएको छ ।