झापामा आज ३९६ संक्रमित ७ को मृत्यु
भद्रपुर । झापामा आज २ महिलासहित ७ जना कोरोना संक्रमढाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । सो कार्यालयका अनुसार मृत्युहुनेमा भद्रपुर ६ र ८ का ३८ बर्षीय, ८४ बर्षिय र ५८ बर्षि पुरुष रहेकाछन् । यसैगरी दमक ५ का ७८ कर्षिय पुरुष, अर्जुनधारा ९की ५५ बर्षीया महिला र १०का ६६ बर्षिय पुरुष, र बिर्तामोडकी ९२ बर्षिया महिला रहेकी छन् । यो संगै कोरोनाबाट मृत्यु हनेको संख्या १७९ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, आज झापामा १३० महिला र १६६ पुरुष गरी ३९६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।
यसै सन्दर्भमा, झापाका दमक, विर्तामोड, मेचीनगर र भद्रपुर चार वटा स्थानीय तहमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण तीब्र रहेको झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले बताएका छन् । जनघनत्व र संक्रमणप्रतिको वेवास्थाका कारण जोखिम तिब्र रहेको चौलागाईको भनाई छ । उनले संक्रमणपछि कहाँ उपचार गर्न जाने भन्दा पनि कसरी सुरक्षित बस्ने भन्ने बारे सचेत रहन आग्रह गरेका छन् । चौलागाईले जनस्वास्थ्य मापदण्ड पालना नगरेका कारण जिल्लामा संक्रमण बढिरहेको जानकारी दिए ।
संक्रमण दर र मृत्यू दरले झापा उच्च जोखिममा रहेको हो । फोकल पर्सन चौलागाईका अनुसार दोस्रो लहरमा मात्रै झापामा ६० जना संक्रमितको मृत्यू भइसकेको छ । त्यसमा २० जना महिला रहेका छन् ।