आज झापामा कोरोनाबाट ४ को मृत्यु

भद्रपुर । झापामा दुई महिला र दुई पुरुष गरि चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिकाका विद्युत् कर्मचारीे मेचीनगर ७ इट्टाभट्टा निवासी निरौला थरका ३२ वर्षीय पुरुषको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका सामाजिक विकास शाखाका नवीन बरालले जानकारी दिए । मेचीनगरमा यो समेत कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।

यसैगरी बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचाररत दुई महिलाको मङ्गलवार बिहान मृत्यु भएको हो । मृत्यु हुनेहरूमा दमक नगरपालिका ८ की तामाङ थरकी ६२ वर्षीया महिला र बिर्तामोड नगरपालिका ४ की कुसवाह थरकी ४० वर्षीया महिला रहेको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए । र भद्रपुर नगरपालिका ४ निवासी ७६ वर्षीय सुरेनचन्द्र राजवंशीको कोरोना सङ्क्रमणबाट मङ्गलवार बिहान ४ बजे होम आइसोलेसनमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७९ पुगेको छ ।