कोरोना उपचारका लागि झापामा ८ अस्पतालमा ४७८ बेड

भद्रपुर । झापामा कोरोना संक्रमितको उपचारका लागि आठ वटा अस्पताल उपलब्ध छन् । झापाका कोभिम १९ फोकल पर्सन जीवन चम्लागाँइले बताए अनुसार, भद्रपुरस्थित मेची अस्पताल १०० बेडको, बिएण्ड सि अस्पताल बिर्तामोड २०० बेडको, बिर्तासिटि अस्पताल बिर्तामोड ४५ बेडको, आम्दा अस्पताल दमक ३४ बेडको, लाइफलाइन अस्पताल दमक ३० बेडको, एड्भान्स अस्पताल दमक २५ बेडको, दमक कोभिड अस्पताल ३० बेडको र निम्स अस्पताल दमकको १४ बेडको गरी जम्मा ४७८ बेड रहेकाछन् ।

यी मध्ये, मेची अस्पताल भद्रपुरमा ७४ जना, बिएण्डसी अस्पतालमा ९४ जना, बिर्तासिटि अस्पतालमा ४५ जना, आम्दा अस्पताल दमकमा २४ जना, लाईफलाइन अस्पताल दमकमा १६, एडभान्स अस्पताल दमकमा २२ जना, दमक कोभिड अस्पतालमा २० र निम्स अस्पताल दमक जना गरी जम्मा २९५ जना उपचाररत छन् ।