आज झापामा २७६ संक्रमित ५ जनाको मृत्यु
भद्रपुर । झापामा आज १ महिला र ४ पुरुष गरी कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा गौरीगन्ज ६का ७२ बर्षिय पुरुष, मेचीनगर ६ की ९० बर्षीया महिला र वडा १० का ६३ बर्षिय पुरुष, बिर्तामोड ४ का ९० बर्षीय पुरुष र कनकाई ७ का ६० बर्षीय पुरुष रहेकाछन् ।
जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाए अनुसार, आज झापामा १२२ महिला र १५४ पुरुष गरी २७६ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको छ । कोरोना पाजेटिभ पुष्टिहुनेहरुमा पिसिआर परीक्षणकाट दमकका ३४ महिला ५४ पुरुष, बिर्तामोडका २६ महिला १७ पुरुष, गौरादहका ४ महिला ३ पुरुष, मेची नगरका ८ महिला १६ पुरुष, भद्रपुरका ३ महिला ४ पुरुष, कनकाइका २ महिला १२ पुरुष, अर्जजुनधाराका ४ महिला ६ पुरुष,बुद्धशान्तिका ३ महिला ५ पुरुष, कचनकवलका १ पुरुष, कमलका ४ महिला ५ पुरुष, शिवसताक्षीका ६ महिला ५ पुरुष, बाह्रदशीका २ महिला २ पुरुष, गौरीगन्जका १ पुरुष र अन्यमा २ पुरुष रहेका छन् । यसैगरी एन्टिजेन परीक्षणबाट बिर्तामोडका ३ महिला ३ पुरुष, कनकाइका ३ महिला , अर्जुनधाराका २ महिला २ पुरुष, बुद्धशान्तिका १ महिला, गौरीथन्जका १ महिला १ पुरुष, शिवसताक्षीका ६ महिला ५ पुरुष, बाह्रदशीका ३ महिला ३ पुरुष, झापाका ६ महिला ५ पुरुष र अन्यमा २ महिला ६ पुरुष रहेकाछन् ।
झापामा कुल संक्रमितको संख्याा ७२२० छ भने आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २३३० पुगेको छ । यसैगरी डिस्चार्ज हुनेको संख्या ४७२७ रहेको छ , झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या १७० पुगेको छ ।