झापामा आज १७० संक्रमित ३ को मृत्यु

भद्रपुर २८ बैशाख । झापामा आज कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अर्जुनधारा का ६२ बर्षीय पुरुष, दमक ६ की ५५ बर्षीया महिला र गौरादह ६ का ५५ बर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यसैगरी आज झापामा ६० महिला र ११० पुरुष गरी १७० जनामा कोरोना पोजेटिभ पुष्टि भएको सो कार्यालयले जनाएको छ । जसअनुसार, पिसिआर परीक्षणबाट दमकका ४ पुरुष, बिर्तामोडका ७ महिला ४ पुरुष, मेची नगरपालिकाका ५ महिला १४ पुरुष, भद्रपुरका ८ महिला द्धद्द पुरुष, हल्दिबारकिा २ महिला एक पुरुष, बुद्धसान्तिका ३ महिला ८ पुरुष, बचनबवलका १ महिला ६ पुरुष, कमलका १ महिला १ पुरुष, अन्य १ पुरुष र एन्टिजेन परीक्षणबाट बिर्तामोडका १ पुरुष, मेचीनगरका १ महिला २ पुरुष, भद्रपुरका २ महिला २ पुरुष, अर्जुनधाराका १ महिला २ पुरुष, बुद्धशान्तिका १ महिला १ पसरुष, कमलका ९ महिला १० पुरुष, शिवसताक्षीका १ महिला, बाह्रदशीका ४ महिला ३ पुरुष र अन्य १ महिला १ पुरुष रहेका छन् ।

हाल झापामा १८३९ सक्रिय संक्रमित र १५८ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।