दोश्रो लहरको कोरोना र अक्सिजेन झापामा स्थानीय तह र प्रशासन कस्तो तयारीमा छन् ?
सन्दर्भ समाचारदाता
भद्रपुर २८ बैशाख । दोश्रो लहरको कोरोनाको लक्षण र उपचार पद्घतिले के सिद्घ गरेको छ भने, अक्सिजेन संक्रमितको प्राण रक्षामा प्रमुख स्थान राख्दछ । मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने, साबुन पानीले हात धुने, सेनिटाईजर प्रयोग गर्ने, घरमै बस्ने, निषेधाज्ञा जारी गर्नु, नाका नाकामा सुरक्षा व्यवस्था कडा गर्नृू आदि कोरोनाबाट बच्ने सतर्कता र उपायहरु हुन् । तर कोरोना लागिहालेकाहरुका लागि यसले कुनै माने राख्दैन ।
कोरोनाको दाश्रो लहरमा संक्रमित हुनेहरुमा सवै भन्दा ठूलो खतरा स्वास–प्रस्वामा कठिनाई आउनु हो । स्वास प्रस्वासमा सहजता ल्याउन अक्सिजेन अपरिहार्य हुन्छ । हामी सवै नेपालीले छिमेकि राष्ट्र भारतमा कोरोना संक्रमितको उपचारका लागि आवश्यक अक्सिजेको अभावको भयावह समाचार, दृश्य, देखिरहेकै छौं । हामी कहाँ पनि त्यही भेरियन्टको कोरोना संक्रमण दिनानुदिन बड्दै गईरहेको छ ।
झापा जिल्ला पूर्व–दक्षिण भारत वेष्टित छ र तेतैबाट आएको कोरोनाले जिल्लालाई बिस्तारै गाँज्दै गैरहेको छ । यसकारण झापाली जनताको प्रण रक्षाका लागि समयमै अक्सिजेनको प्रयाप्त जोहो गरिनु पर्ने अति जरुरी छ । जिल्लाका १५ स्थानीय तह र प्रशासनले यसमा समयमै ध्यान पुर्याएनन् भने धेरै निमुखा झापली नागरिकले अक्सिजेको अभावमा ज्यान गुमाउनु पर्ने बाध्यता आईपर्ने निश्चित छ ।
यहाँ निमुखा झापाली भन्नाले, जस्को पहुँच ओहोदावालासम्म छैन,पुग्दैन, सोझा, सरल र गरीव छन्, पिछडिएका छन्, राजनीतिमा पहुँच छैन उनीहरु नै अक्सिजेनको अभावमा कोरोनाको जोखिमका पहिलो शिकार बन्न पुग्ने छन् । किन भने टाठा–बाठा,पहुँचवाला, ओहोदावाला झापाली(अपवाद बाहेक)ले अक्सिजेनका सिलिन्डर घरघरमा भन्डारण गरिसकेका र थालेका तथ्य बाहिर आईसकेको छ । एकातिर सरकार खाली सिलिन्डर फिर्ता गर्न, भण्डारण नगर्न प्रचार प्रसार गरिरहेको अवस्था छ भने अर्कातिर आहोदावालाले नै भण्डारण गर्ने गरेको पाईएको छ ।
यसै प्रसङ्गमा एक घटित घटना, यसप्रकारको छ, मेयरले अक्सिजेन सिलिण्डर घर भित्र्याउँदै गरेको देखेर, छिमेकि महिलाले भनिछन्, “कहाँबाट ल्याउनु भो ? हामी पनि पउांछौं कि ? जवाफमा मेयरले भनेछन ्, “अफ्नो जोहो आँफै गर्नृु ।” ति महिलाले सुनाईन् ।
समस्या जति सहज रुपमा लिईएको छ, त्यो भनदा सयौं गुणा जटिल हुने छ, यदि समयछँदै कदम चालिएन भने । झपामा १५ वटै स्थानीय तहले समयमै प्रयाप्त अक्सिजेन, आइसोलेसन र भेन्टिलेटरको व्यवस्था गर्न लागिपर्नु पर्ने समय आईसक्यो । जिल्ला प्रशासनले त्यसको तदारुकताकासाथ अनुगमन, सहयोग र सल्लाह उपलब्ध गराउनमा ढिलाई बर्तिनु भएन । किन भने अक्सिजेन सम्बद्घ निकायले सरकारलाई पूर्व सूचना एवम् चेतावनी दिन ढिलाई गरेका छैनन् ।
यस्तो छ अक्सिजेन उत्पादकहरुको सदासययुक्त चेतावनीः–
“अक्सिजन उत्पादक कम्पनीहरुले, सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल बैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड १९ संक्रमितको संख्या बढे संगै अक्सिजन अभावमा विरामीको मृत्यु भएको तथा अस्पतालका आइसियु र भेन्टिलेटर संञ्चालनमा समस्या भएको समाचार आइरहँदा अक्सिजन उत्पादकहरुले भविष्यमा अझै ठूलो समस्या आइपर्ने चेतावनी दिएका हुन् । अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव भएकाले २४ सै घण्टा प्लान्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताए ।”
“बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव छ । उत्पादक कम्पनीले उत्पादन गरेर भ्याएको अवस्था छैन । २४ सै घण्टा प्लान्ट चलेको भएपनि वितरण प्रणालीमा असाध्यै ठूलो चुनौति दिएको छ । कोभिड १९ संक्रमणको महामारी नियन्त्रणका लागि अक्सिजनको सहज आपूर्तिका लागि सरकारले हदैसम्मका प्रयास र उपायहरु अपनाउन निजी उद्योगीहरु र सरकारको तर्फबाट सहजीकरण र व्यवस्थापन गर्न जरुरी देखिन्छ । सबै प्लाण्टरु पूर्ण क्षमतामा सञ्चालनमा छन् र पूर्ण क्षमतामा सञ्चालनमा आउँदा पनि उत्पादनले बजारको माग, अस्पतालको माग थेग्न नसक्ने अवस्थामा छ । तत्काल सरकारले बैकल्पिक व्यवस्था गरेन भने भयावह स्थिति आउने सम्भावना बढ्दै गएको छ ।”