झापामा आज १५२ संक्रमित २ को मृत्यु

भद्रपुर २६ बैशाख । झापामा आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । सो कार्यालयका अनुसार मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ९ का ७७ बर्षिय पुरुष र बिर्तामोड ८ का ६५ बर्षिय पुरुष रहेका छन् ।

यसैगरी स्वास्थ्य कार्यालयले जनाए अनुसार आज झापामा पिसिआर परीक्षणबाट ५४ महिला ६६ पुरुष र एन्टिजेन परीक्षणबाट १५ महिला १७ पुरुष गरी जम्मा १५२ जना कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणबाट संक्रमित हुनेहरुमा, दमकका २६ महिला २९ पुरुष, बिर्तामोडका ३ पुरुष, गौरादहका १ महिला २ पुरुष, मेचीनगरका १० महिला १० पुरुष, भद्रपुरका ५ महिला ६ पुरुष, अर्जुनधाराका ३ महिला ७ पुरुष, बुद्धशान्तिका २ महिला

, कचनकवलका १ महिला, कमलका १ महिला ५ पुरुष,बाह्रदशीका २ महिला र अन्य द्ध पुरुष रहेका छन् भने, एन्टिजेन परीक्षणबाट बिर्तामोडका ५ महिला ४ पुरुष, मेचीनगरका ४ पुरुष, अर्जुनधाराका ४ महिला १ पुरुष र बाह्रदशीका ६ महिला ८ पुरुष रहेका छन् ।

हाल झापामा सक्रिय संक्रमितको संख्या १३८६ रहेको छ भने मृत्यु हुनेको संख्या १५० पुगेको छ ।