चार जना पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार

बिराटनगर २४ बैशाख । प्रदेश १ सरकारले चार जना पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ । मोरङकी ललिता भट्टराई, उदयपुरका कौशल चेम्जोङ, झापाका गोविन्दचन्द्र क्षेत्री र गञ्जबहादुर दाहाललाई जनही १ लाख राशिको प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको हो ।

उक्त पुरस्कार हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर प्रदान गरिँदै आएको छ । यो वर्ष कोरोना भाइरस सङ्क्रमणको कारण निकट भविष्यमा उपयुक्त समय बनाएर पुरस्कार प्रदान गरिने भएको छ । प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माको संयोजकत्वमा गठन भएको पुरस्कार छनोट समितिले प्रदेश १ मा रहेर पत्रकारिता गर्दै आएका चार जना अग्रज पत्रकारहरूलाई पुरस्कृत गर्न लागिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष ०७४–७५ देखि प्रदेशका अग्रज पत्रकार लाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।