खोलामा डुबेको अवस्थामा युवकको शव
भद्रपुर २४ बैशाख । झापाको हल्दीबारी ४ स्थित स्थानीय काजली खोलामा डुबेको अवस्थामा एक युवकको शव फेला परेको छ । स्थानीय ३३ बर्षिय राम बहादुर चौधरी आज बिहान खोलामा डुबेको अवस्थामा भेटिएका हुन ।
उनी घरेलु कामदारका रुपमा स्थानीय कैलाश आचार्यको घरमा काम गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय झापाले सो घटनाका बिषयमा थप अनुसन्धान शुरु गरेको जनाएको छ ।