झापामा आज २०१ संक्रमित २ को मृत्यु
भद्रपुर २३ बैशाख । आज झापामा कोरोना संक्रणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक २का ५३ बर्षिय र मेचीनगरका ४८ बर्षि पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसैगरी आज झापामा २०१ जनामा कोरोना पोजेटिभ पुष्टि भएको सो कार्यालयले जनाएको छ । जसमा ८९ जना महिला र ११२ जना पुरुष रहेकाछन् । यी मध्ये पिसिआर परीक्षणबाट संक्रमित हुनेमा ८७ महिला र १९० पुरुष रहेका छन् भने एन्टिजेन परीक्षणबाट २ महिला र ९ पुरुष रहेकाछन् ।
आज संक्रमित हुने १४ स्थानीय तहका पिसिआर परीक्षणबाट, दमकका ३२ महिला र ३२ पुरुष, बिर्तामोडका ७ महिला र १५ पुरुष, गौरादहका १ महिला १ पुरुष, मेचीनगरका १३ महिला ९ पुरुष, भद्रपुरका ४ महिला ७ पुरुष, कनकाइका ५ महिला ७ पुरुष, अर्जुनधाराका ४ पुरुष, बुद्घशान्तिका १ महिला ३ पुरुष, गौरीगन्जका १० महिला ७ पुरुष, कमलका ९ महिला १३ पुरुष, शिवसताक्षीका ४ महिला २ पुरुष, झापामा ३ पुरुषर अन्गमा १ महिला रहेका छन् । यसैगरी एन्टिजेन परीक्षणबात संक्रमित पुष्टि हुनेमा मेचीनगरका २ महिला १ पुरुष र बाह्रदशीका ८ पुरुष रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल झपामा सक्रिय संक्रमितको संख्या १०८१ रहेको छ भने मृत्यु हुनेको संख्या १४४ पुगेको छ ।