झापामा आज १७३ संक्रमित एकको मृत्यु

भद्रपुर २० बैशाख । झापा २० बैशाख । झापामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आज झापामा पिसिआर परीक्षण बाट १४९ र एन्टिजेन परीक्षढाबाट २४ जना गरी १७३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य कायालय झापाले जनाएको छ । यी मध्ये ६६ जना महिला र १०७ जना पुरुष रहेकाछन् । यसैगरी आज दमककी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको सो कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार हाल झापामा ५८० जना सक्रिय संक्रमित रहेका छन् भने, मृत्यु हनेको संख्या १३५ पुगेको छ ।

स्वस्थ्य कार्यालयका अनुसार, पिसिआ परीक्षणबाट दमकमा ८ महिला १९पुरुष, बिर्तामोडमा १९ महिला १८ पुरुष, गौरादहमा ३ मलिा ९ पुरुष, मेचिनगरमा ६ महिला ८ पुरुष, भद्रपुरमा ८ महिला १५ पुरुष, कनकाइमा ५ महिला ५ पुरुष, हल्दिबारीमा २ पुरुष, गौरीगन्जमा १ महिला, कमलमा १ महिला ५ पुरुष, बाह्रदशीमा २ महिला, अर्जुनधारामा ४ महिला ७ पुरुष, बुद्घशान्तिमा २ पुरुष र शिवतिाक्षीमा २ महिला रहेका छन् भने एन्टिजेन परीक्षणबाट बिर्तामोडमा २ महिला ३ पुरुष, मेचीनगरमा १ महिला ४ पुरुष, हल्दिबारीमा ३ पुरुष, बाह्रदशीमा ३ महिला ४ पुरुष र झापा गापामा १ महिला ३ पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

यसैगरी कोरोना सङ्क्रमणबाट झापाको दमकका एक वृद्धाको मृत्यु भएको छ । दमक नगरपालिका स्वास्थ्य शाखाका अनुसार एक सातादेखि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दमक नगरपालिका– २ की ६५ वर्षीया एक वृद्धाको सोमबार बिहान मृत्यु भएको हो ।

कोरोना सङ्क्रमणको नयाँ भेरियन्टका कारण यसअघि समेत दमकमा एक वृद्धको निधन भएको थियो । दमकमा आज बिहान सम्ममा नयाँ भेरियन्टका ७० जना सङ्क्रमित फेला परेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।