झापामा आज २६ संक्रमित पुष्टि
भद्रपुर १४ बैशाख । झापामा अज २६ जनामा कोरोना संक्रमण पाजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसमा १८ महिला र १६ पुरुष रहेकाछन् । स्वास्थ्य कार्यालयका अनुसार, दमकमा ४ महिला ४ पुरुष, बिर्तामोडमा ५ परुष, गौरादहमा २ महिला १ पुरुष, मेचीनगरमा २ महिला २ पुरुष, कनकाइमा १ महिला ३ पुरुष, अर्जुनधारामा १ पुरुष, गौरीगन्जमा १ महिला र झापा गापामा १ पुरुष रहेका छन् ।
यसैगरी झापामा सक्रिय संक्रमितको संख्या १६९ पुगेको छ भने मृतकको संख्या १३१ रहेको छ ।