भारतमा बेचिएकी किशोरीको उद्धार
भद्रपुर १३ बैशाख । भारत लगेर बेचिएकी एक नेपाली किशोरीको उद्धार गरिएको छ । भारत पश्चिम बङ्गालको कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा बिस्तार मञ्चको संयुक्त पहल १६ वर्षीया किशोरीको उद्धार गरिएको हो ।
किशोरीलाई आइतबार काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ । ती किशोरीलाई कोलकत्ताको एक वेश्यालयबाट उद्धार गरी ल्याइएको विश्व सेवा विस्तार मञ्चका इन्द्र बस्नेतले जानकारी दिए । उद्धार गरी ल्याइएकी किशोरीलाई केही दिन सेवा विस्तार मञ्चको सेल्टरमा राखिने र पछि परिवारको सदस्यसँग भेटघाट गराई जिम्मा लगाइने योजना बनाइएको उनले पत्रकार सम्मेलनमा बताए । किशोरीको स्थायी घर नुवाकोट हो ।