आज झापामा थपिए १८ संक्रमित

भद्रपुर १० बैशाख । आज झापामा २ सुरक्षाकर्मी र ७ महिलासहित १८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय झापाले जनाएको छ । सज अनुसार दमकमा ५ जना, बिर्तामोडमा ३ जना, गौरादहमा २ जना, मेचीनगरमा १ जना, भद्रपुरमा २जना,अर्जुनधारामा ४ जना र झापा गापामा १ जना रहेका छन् ।

हाल झापामा सक्रिय संक्रमितको संख्या ११३ पुगेको छ भने मृत्ुयु हुनेको संख्या १३० रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।