ओली—नेपाल वार्ता पुनः मुसिको भवः

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता ‘घुमीफिरी रुम्जाटार’ जस्तै बन्न पुगेको छ । बिहीबार अपरान्ह होटल मेरियटमा भएको दुई नेताबीचको दोस्रो दिनको छलफल तिक्ततापूर्ण भएको नेता नेपालले जानकारी दिए ।

ओलीसँगको वार्ताबारे प्रतिक्रिया माग्दा नेता नेपालले अपुशोच ब्यक्त गर्दै भने, ‘ब्याक टु मंगलमान !’ माधव नेपालले प्रयोग गरेको ‘ब्याक टु मंगलमान’ मिथक मंगलमान नाम गरेका एक ऐतिहासिक पात्रसँग जोडिएको छ, जसले सत्तासँग नझुकी निरन्तर संघर्ष गरेका थिए । ओलीसँगको वार्ता घुमीफिरी रुम्जाटार अर्थात पुनः मुसिको भवः कै अवस्थामा पुगेको नेपालले संकेत गरे ।