झापामा आज थपिए १९ संक्रमित
भद्रपुर ७ बैशाख । झापामा आज १९ जनामा कोरोना संक्रमण पोजेटिभ पाइएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसमा ६ महिला र १३ पुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार, यी मध्ये १२ जनाको पिसिआर र ७ जनाको एन्टिजेन पोजेटिभ पाइएको हो । एन्टिजेन टेष्टका मेचीनगरका ५ र कचनकवल गाउँपाकिका २ जना रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईंले दिएको जानकारी अनुसार झापामा सक्रिय संक्रमितको संख्या ७३ पुगेको छ भने मृत्यु हुनेको संख्या १२९ नै रहेको छ ।