कल्भर्ट सारेर सडक विस्तारका नाममा जग्गा मिचेको आरोप
भद्रपुर, ६ बैशाख । सघन शहरी विकास आयोजना अन्र्तगत निर्माण भइरहेको सडक कल्र्भट साविक इस्टमेट भन्दा दक्षिण तर्फ दुई फिट झारेर सडकको स्थान नै परिवर्तन गरेको स्थानीय पीडितबाट आरोप लागेको छ ।
भद्रपुर ७ र १० को सीमानामा रहेको चन्द्रगढी लेखनाथ चौकदेखि पश्चिम काफ्ले टोल हुँदै देउनिया खेला जोड्ने सडकमा केही व्यक्तिले गलत नियत राखेर सडकको स्वरूप परिवर्तन गरेको स्थानीयले आरोप लगाएका हुन् ।
पक्की नालासहित सडक फराकिलो पार्ने क्रममा एक वर्ष अघि सघन शहरी विकास आयोजनाले निर्माण गरेको कल्र्भट नै दक्षिण तर्फ दुई फिट मिचेर सार्ने प्रयास सडक दक्षिण झरेको दक्षिणतिरका बासिन्दाको भनाइ छ ।
पहिलो चरणमा उत्तर तर्फ नाला वनाउन शुरु गरेको आयोजना निर्माण समितिले शिवकुमार न्यौपानको घरसम्मको चोकमा एउटै लाइनमा आएको नालीलाई चोकबाट सीताराम न्यौपाने(उपभोक्ता समिति सचिव) को जग्गाबाट दक्षिणतर्फ पवित्रा देवी नेपालको जग्गातर्फ दुई फिट मिचेको जग्गाधनीको