झापामा १५ जनामा कोरोना एन्टिजिन पोजेटिभ

भद्रपुर ६ बैशाख । झापामा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो क्रममा छ । आज झापामा ७ महिलासहित १९ जनामा कोरोना पोजेटिभ भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । आज कोरोना पोजेटि पुष्टि भएमध्ये एक जना एन्टिजेन पोजेटिभ पाइएको छ भने हिजो आइतबार १२ जना कोरोना पोजेटिभ देखिए मध्ये, पूर्र्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गरेका आठ जनामा कोरोना भाइरसको एन्टिजिन पोजेटिभ देखिएको सो कार्यालयले जनाएको छ । उनीहरू सबै भारतको दिल्लीबाट आएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए । ‘भारतमा कोरोना संक्रमण फैलिएसँगै अहिले काँकडभिट्टा नाकाबाट स्वदेश फर्किनेको सङ्ख्या बढेको छ’ उनले भने,‘नाकाबाट दैनिक एक हजार भन्दा बढी प्रवेश गरिरहेका छन् ।’ नेपाली नागरिकलाई सीमामै स्वास्थ्य जाँच गरी नेपाल प्रवेश गर्न दिइरहेका छौं, उनले भने,‘भारतीयलाई अति आवश्यक कामबाहेक प्रवेश निषेध गरेका छौं ।’ मजदुरको हकमा पूर्ण बन्देज लगाइएको उनले बताए । हाल झापामा १५ जनामा कोरोना भाइरसको एन्टिजिन पोजेटिभ देखिएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोका पर्सन जीवन चौलागाईले जनाए अनुसार, आज कोरोना पोजेटिभ देखिए मध्ये, दमकका २ जना, बिर्तामोडका ८ जना, मेची नगरका २ जना, भद्रपुरका ३ जना, कनकाइका ३ जना र झापा गाउँपालिकाका १ जना रहेकाछन् ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६२ पुगेको छ । यो सङ्ख्या १५ दिनको अवधिमा पुगेको हो । हाल सम्म जिल्लामा चार हजार ६ सय ७९ संक्रमित पुष्टि भएकोमा एक सय २९ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । चार हजार पाँच सय पाँच जना निको भइसकेको जनाइएको छ ।