झापामा आज थपिए ८ जना संक्रमित

भद्रपुर ३ बैशाख । झापामा आज ८ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले बताए अनुसार, झापाका चार स्थनीय तहका चार महिला र चार पुरुष गरी ८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

सो कार्यालयका अनुसार, कोरोना पोजेटिभ हुनेहरुमा, कनकाय नगरपालिकामा १ महिला र एक पुरुष, बितामोड नगरपालिकामा २ महिला र १ पुरुष, शिवसताक्षी नगरपालिकामा १ महिला र १ पुरुष एवम् दमक नगरपालिकामा १ पुरुष रहेका छन् । त्यस्तै झापमा सक्रिय संक्रमितको संख्या ३८ रहेको छ भने, कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२९ पुगेको छ ।