दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु
भद्रपुर २ बैशाख । झापाको शिवसताक्षी नगरपालिका दूधेस्थित पूर्वपश्चिम राजमार्ग खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शिवसताक्षी ११ दुधेस्थित राजमार्गमा पूर्वबाट आउँदै गरेको बा २१ च ७९८४ नं को एम्बुलेन्स आफै अनियन्त्रित भई बिहीबार बिहान ४ः२० बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका ७ बस्ने २० वर्षीय उत्सव घिमिरे र सोही एम्बुलेन्समा सवार सोही ठाउँका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते भई उपचारको लागि दुवैलाई बिएण्डसी अस्पताल बिर्तामोड लादै गर्दा चालकको बाटोमा मृत्यु भएको हो । गम्भीर घाइते तामाङको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरेहेकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।