७२ घन्टा सीमा नाका सिल्ड
भद्रपुर २ बैशाख । भारतको पश्चिम बंगालसँग जोडिएको पूर्वी नेपालको सीमा नाका सिल गरिएको छ । झापाको काँकडभिट्टा, भद्रपुर र इलामको पशुपतिनगर नाका ७२ घण्टाका लागि सिल गरिएको हो ।
पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी सीमा सिल गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
उनका अनुसार आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए । सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ। भद्रपुर नाका भने कोभिडका कारण एक बर्षदेखि ठप्प नै बनेको छ ।