झापामा एकको मृत्यु ३ संक्रमित
भद्रपुर ३० चैत । दमकका एक कोरोना संक्रमित वृद्धको आज उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि ९२ बर्षिय वृद्धलाई गत चैत २५ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएका उनको गएराती उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतका अनुसार चिनी रोगी संक्रमित वृद्धको उपचारका क्रममा राति करिब १२ बजे तिर मृत्यु भएकोे हो । उनीसहित उनका अन्य चार जना आफन्त पनि अस्पताल भर्ना भएका थिए । यसअघि दमकमा मात्रै ३६ जना संक्रमितको मृत्यु भइसकेको छ । दमकमा आइतवार ४ जनामा संक्रमण पुष्टि भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाए अनुसार, आज झापामा २ महिला र एकप पुरुष गरी तीन जनामा कोरोना पोजेटिभ भएको पाइएको छ । कोरोना पोजेटिभ हुनेमा दमक नगरपालिकामा एक महिला, एक पुरुष र भद्रपुरमा एक महिला रहेका छन् । झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२९ पुगेको छ ।