संयुक्त अपील

संयुक्त अपील

नेपाल पत्रकार महासंघको यही २०७७ चैत्र २५ गते हुने निर्वाचनमा नेपाल प्रेस युनियनको नेतृत्वमा प्रतिगमन विरुद्ध प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार संघको गठवन्धन आफ्ना उम्मेदवारका साथ निर्वाचनको मैदानमा रहेको यस अघि नै हामीले अवगत गराइ सकेका छौ । यो गठवन्धनको मर्म र भावना अनुसार देशै भर सहमतिका आधारमा उम्मेदवारहरु शाखा, प्रदेश र केन्द्रको चुनावमा होमिएका छन्। गठवन्धनबाट उमेदवार भएका सबै साथीहरुलाई जिताउने गुरुत्तर दायित्व तपाई हाम्रै काँधमा आएको छ ।

संविधान समेत मिच्दै आफूलाई देशको मूल कानुन भन्दा माथि ठान्ने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी वर्तमान केपी ओली सरकार सत्ता र शक्तिको दुरुप्रयोग गर्दै नेपालको पुरानो नागरिक संस्था नेपाल पत्रकार महासंघलाई कब्जामा लिने षडयन्त्रमा लागिरहेको प्रष्टै छ। राज्यसत्ताको ठाडो हस्तक्षेपका बावजुद प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संविधानको रक्षाका लागि यो गठवन्धन एक ठाउँमा उभिएर प्रतिगामी तथा तिनका मतियारहरु बिरुद्ध संगठित प्रतिवादमा उत्रनुको अर्को विकल्प छैन ।

समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै बनाइएको गठवन्धनका उम्मेदवारहरुका पक्षमा मतदान गरेर नेपाल पत्रकार महासंघको साख र गौरवलाई जोगाउने चुनौती हाम्रा सामु आइपरेको छ । यो गुरुत्तर दायित्व पूरा गर्नका लागि सबै साथीहरुलाई एकजुट बनाई केन्द्रमा विपुल पोखरेल नेतृत्वको समूहलाई विजयी गराउन आह्वान गर्दछौं । साथै प्रदेश तथा स्थानीय शाखामा पनि केन्द्रमा बनेको गठवन्धन अनुसारकै समूहमा मत दिएर हाम्रा साझा उम्मेदवारहरुलाई विजयी गराउनु हुन संयुक्त रुपमा अपील गर्दछौं ।

बद्री सिग्देल                                      महेश्वर दाहाल                                 विश्वमणि सुवेदी                              उदय जीएम