नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनु पर्छ : देउवा

गोविन्द छेत्री । 

झापा २४ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनु पर्छ र त्यसका लागि तयार रहेको बताए । आज मंगलबार झापाको बुद्धशान्ति गाउँपालिका–७ मा रहेको शहीद यामबहादुर आचार्यको शालिको अनावरण गर्दै सभापति देउवाल सो कुरा बताएका हुन् । आचार्यलाई २०५८ सालमा माओवादीले हत्या गरेका थिए ।

देउवाले भने, “सरकार बनाउन आवश्यक संख्या पुग्नु पर्छ, नेपाली कांग्रेसको संख्या प्रयाप्त छैन । माओबादीले सरकारबाट समर्थथन फिर्ता नलिएको अवस्था छ । जसपाले यकिन नीति सार्वजनिक गरेको छैन । जे भएपनि, जस्को सरकार बने पनि ढिलो चाडो निर्वाचन हुन्छ , त्यसका लागि तपाईहरु तयारी गर्नुहोस् ।”

सोही अवसरमा केन्द्रिय सदस्य एवम् पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले, देशको बर्तमान परिस्थिति अत्यन्त नाजुक अवस्थाबाट गुज्रिरहेकाले यसबाट देशलाइ निकास दिन नेपाली कांग्रेसले अग्रसरता लिनुपर्ने बताए । यसैगरी प्रवक्ता विश्वप्रकास शर्माले देशलाइ समस्याबाट निकास दिन नेपाली कांग्रेस तयार रहेको बताए । सोही अवसरमा बोल्दै ,नेपाली कांग्रसका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकी,सुधिर शिवाकोटी, गोपालकुमार बस्नेत, दिलिप राइ लगायतले पनि सरकारको नेतृत्य नेपाली कांग्रेसले लिनु पर्ने बताएका छन् ।