पत्रकार महासंघ झापामा ७४ जनाको उम्मेदवारी

भद्रपुर, २२ चैत्र । नेपाल पत्रकार महासंघ झापा शाखाका लागि चैत्र २५ गते हुने निर्वाचनका लागि ७४ जनाको उम्मेद्वारी परेको छ ।

तीन समूहबाट चुनावी मैदानमा उत्रिएका झापाली पत्रकारको निर्वाचनमा ३ जना अध्यक्ष, ४ जना खुल्ला उपाध्यक्ष, महिला उपाध्यक्ष २, सचिव ३, खुल्ला सहसचिव २, समावेशी सहसचिव ३, कोषध्यक्ष २ गरी पदाधिकारीमा १९ जना सहित ७४ जनाको उम्मेद्वारी परेको हो ।

व्यवसायिक पत्रकारहरूको संयुक्त प्यानलबाट एकराज गिरीको नेतृत्वमा सम्पूर्ण पदमा उम्मेदवारी दिइएको छ भने प्रधानमन्त्री के पी ओली पक्षको प्रेस चौतारी नेपाल समूहबाट विशाल नेम्वाङको नेतृत्व र झलनाथ—माधव नेपाल पक्षको प्रेस चौतारी नेपालले तीर्थ सिग्देलको नेतृत्वमा अधिकाम्स पदमा उम्मेदवारी दर्ता गराएको हो ।

८ जना खुल्ला सदस्यका लागि १७ जना, समावेशी समूहमा ७ जना गरी २४ जनाको उम्मेदवारी परेको छ भने प्रदेष परिषदमा २० जना र केन्द्रीय परिषदमा १० जनाको उम्मेदवारी परेको छ ।