बाह्रदशीमा पालिमेन्ट्रि मिटिङ्ग प्रोसिड्रअर तालिम सम्पन्न

बाह्रदशी, १४ चैत । प्रस्तावित बाह्रदशी जेसीसले पालिमेन्ट्रि मिटिङ्ग प्रोसिड्रअर तालिम बाह्रदशीमा शनिबार सम्पन्न गरेको छ ।

रेडक्रस सोसाइटी बाह्रदशी उपशाखामा सम्पन्न उक्त तालिमको उद्घाटन शत्रका प्रमुख अतिथि रेडक्रस सोसाइटी बाह्रदशी उपशाखाका अध्यक्ष दयानन्द गोश्वामी, प्रमुख प्रशिक्षक नेपाल जेसीजका उपाध्यक्ष सुनिल तिम्सिना रहेका थिए ।

३५ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक तिम्सिनाले मिटिङ्ग कसरी संचालन गर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा प्रकाश फुयालले जेसीज आस्था पढेर कार्यक्रमलाई औपचारिकता तर्फ लगेका थिए भने कार्यकारी उपाध्यक्ष पुष्पलाल धमालाले स्वागत मन्तव्य राखेको कार्यक्रममको अध्यक्षता अध्यक्ष विगम श्रेष्ठले गरेका थिए ।

तालिमको समापन कार्यक्रममा कानुनी सल्लाहकार खगेन्द्र सुवेदी, शिक्षा संयोजक लक्ष्मीप्रसाद उप्रेती र सदीक्षा खड्काले मन्तव्य राख्दै प्रशिक्षण उपलब्धीमुलक भएको धारणा राखेका थिए ।