सरावगी नेपाल भारत मैत्री संघको केन्द्रिय अध्यक्षमा निर्वाचित
काठमाडौं । उद्योगपति तथा समाजसेवी ओम प्रकास सरावगी नेपाल भारत मैत्री संघको केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन् । सरावगी आफ्ना प्रतिद्धन्दी राज कुमार सिन्धीलार्ई ३०३ का विरुद्ध १८९ मतले पराजित गर्दै अध्यक्षमा चुनिएका हुन् ।
नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदीप मणि रेग्मीका अनुसार समाजसेवी सरावगीको यो तेस्रो कार्यकाल हो । यसअघिका दुइ कार्यकालमा उल्लेखनीय छाप छोडेकाले सरावगीलाई अध्यक्ष पदमा हेट्रिक गराउन साथीभाईहरुले नै सकारात्मक दवाव दिएको बुझिएको छ ।
भद्रपुर नगरका प्रमुख भएर लोकप्रियता हासिल गरिसकेका सरावगी नेपाली कांग्रेसबाट प्रदेश एकका सभासदसदस्य पनि हुन् । संघका वरिष्ठ उपाध्यक्षमा सप्तरीका शैलेन्द्र मोहन झा र महासचिवमा झापाका वोधकृष्ण सुवेदी निर्वाचित भएका छन् ।