हल्दिवारीमा आस्थाका आधारमा शिक्षकको सरूवा
हल्दिवारी, ११ चैत्र । हल्दिवारी गाउँ सरकारले आस्थाका आधारमा शिक्षक कर्मचारीमाथि व्यवहार गरेको भन्दै नेपाली काँग्रेस हल्दिवारी गाउँ समितिले आपत्ति जनाएको छ ।
पछिल्लोपटक हल्दिवारी ३ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक रामप्रसाद घिमिरेलाई विद्यालय व्यवस्थापन समितिको नाममा नियम विपरित सरुवा गरेको प्रति काँग्रेसले आस्थाका आधारमा विभेद भएको भन्दै आपत्ति जनाएको हो ।
हल्दिवारी सभापति दिलिप मावोद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – विद्यालय व्यवस्थापन समितिले शिक्षा नियमावली विपरित फरक आस्था भएको आधारमा अधिनायकवादी शैलीमा शिक्षक घिमिरेको सरुवा गरिएकोले अविलम्व सच्याउन माग गरिएको छ ।