गिरीराजकुमारी प्रसाईं (ज्ञानु मुआ) को निधन
भद्रपुर ११ चैत । प्रजातान्त्रिक समाजवादका योद्वा सिके प्रसाइकी धर्म पत्नी गिरीराजकुमारी प्रसाईं (ज्ञानु मुआ)को मंगलबार बेलुका निधन भएको छ । सिके प्रसाईं (भरतबाबू)संगै राजनीतिमा आफूपनि प्रत्यक्ष संलग्न गिरीराजकुमारी विगत केहीदिनदेखि अस्वस्थ्य भइ उपचाररत हुनुहुन्थ्यो । राजनीतिका साथै पछिल्लो समय समाजसेवा मार्फत सामाजिक रूपान्तरणमा सक्रिय उहाँको ९० वर्षको उमेरमा हिजो साँझ निधन भएको हो ।
पछिल्लो समय न्युमोनियाबाट विरामी हुनुभएपछि उहाँलाई उपचारार्थ विर्तामोडस्थित विएण्डसी हस्पिटलमा भर्ना गरिएको थियो । आठ दिन अघि उपचारका लागि अस्पताल पुर्याइएकी प्रसाईको मंगलबार किड्नीले समेत काम गर्न छोडेको छोरी रमिताले जानकारी दिईन् । अन्तिममा किड्नीले पनि साथ दिएन ।
तत्कालीन सरकारले सर्वस्व हरण एवं देश निकालाको कारवाही गर्दा समेत आफ्ना जीवन साथी सिके प्रसाईलाई प्रजातन्त्र प्राप्तिको आन्दोलनबाट विचलित हुन नदिई अझ दृढतापूर्वक अघि बढ्न उत्प्रेरित गर्नुहुने एवं आफ्नो सम्पूर्ण जीवन नै राष्ट्र, राट्रियता र लोकतन्त्रका लागि समर्पित गर्नुहुने स्व. गिरिराजकुमारी प्रसाईं, नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासकै मानक व्यक्तित्वका रूपमा लिइन्छ ।
सिके प्रसाईको राजनीति संगै राजनीतिमा होमिनु भएकी स्व गिरिराज कुमारी २०५६ सालको आम निर्वाचनमा झापा साविक क्षेत्र नं २ बाट संसदीय निर्वाचनमा हालका प्रधानमन्त्री केपी शर्मओली सँग प्रतिस्पर्धा गर्नु भएको उहाँ पार्टीभित्रकै गुटगत राजनीतिका कारण १७ मतले पराजित हुनुभएको थियो ।
स्व प्रसाईको जन्म १९८८ साल कार्तिक १७ गते ललितपूरको कुमारीपाटीमा बुबा क्या. गन्जबहादुर र आमा चन्द्रकुमारी कार्कीका १३ सन्तानमध्ये माईली छोरी हुनुहुन्थ्यो । स्व. प्रसाईको आज दिउसो १ बजे कन्काई माईमा अन्त्येष्टि गरिएको पारिवािरक श्रोतले जनाएको ।