झापा डिसिसिएमसिको निर्णय
भद्रपुर १० चैत । जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा आज बसेको डिष्ट्रिक कोभिड १९ क्राइसिस् मेनेजमेन्ट केन्द्रको बैठकले, कोभिड १९ को पूर्व सतर्कता बारे अत्याबस्यक निर्णय गरेको छ ।
जसमा , हाल भारतमा कोभिड १९को संक्रमण बडदै गएकोले खुल्ला सीमाना भएको यस झापा जिल्लामा पनि त्यसको प्रभाव पर्नसक्ने भएकाले, सिमा नाकामा यात्रुहरुको आवत जावतलाइ ब्यवस्थित बनाउन सुरक्षा निकायले अनिबार्य अभिलेख राख्ने, नेपाल प्रवेश गर्ने यात्रुहरुलाइ अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्र प्रवेश गर्न दिने ।
कोभिड संक्रमणको मध्यनजरगरी पहिले संचालनमा आएका क्वारेन्टाइन, आइसोलेसन केन्द्र र स्वास्थ्य केन्द्र ब्यबस्थित र प्रभावकारी बनाउन जिल्लाका सवै स्थानीय तहलाइ अनुरोध गर्ने ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्ने,र मास्क नलगाउनेलाइ संक्रमण रोग ऐन बमोजिम कारबाही गर्ने आदि निर्णय गरेको छ ।