अवैध रक्सी बरामद

बुद्धशान्ति, ९ फागुन । मेची राजमार्गमा गाडी चेक जाँच गर्ने क्रममा अवैध सिक्कीमे गोल्डेन नामक ८४ बोतल र फायर बल ११ ओटा इलाका प्रहरी कार्यालय बुधबारेले बरामद गरेको छ ।

चैत ८ गते राती ११ बजे बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा चेक जाँच गर्ने क्रममा मे. १ ज ३३५१ नं. को गाडीमा लुकाई छिपाई ल्याउदै गरेका अवस्थामा सो रक्सी बरामद गरिएको हो । बरामद रक्सी, चालक र गाडी आवश्यक कारवाहीको लागि श्री आन्तरिक राजश्व कार्यालय चन्द्रगढीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।