ब्राउनसुगरसहित ६ जना पक्राउ

भद्रपुर ६ फागुन । झापाका तीन छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षकै अभिषेक राजवंशीलाई २।४३ ग्राम लागूऔषध ब्राउनसुगर सहित डाँगीवारीबाट पक्राउ गरेको हो ।

त्यस्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–९ का १९ बर्षीय पवन भनिने साईल खानलाई ५ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । खानलाई अर्जुनधारा नगरपालिका–११ बसपार्कबाट पक्राउ गरिएको हो ।

यस्तै लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१३ बाट तीन जनालाई लागूऔषध ब्राउसुगर सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–१५ का ३० बर्षीय कुमोलाल राजवंशी,२४ बर्षीय संजय मुखिया र भद्रपुर नगरपालिका–१० का १९ बर्षीय श्रवण मुखिया रहेका छन् । लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।