पूर्वको पशुपतिनाथमा श्रधालुको घुइँचो

भद्रपुर २७ फागुन । पूर्वको पशुपतिनाथ पहिचानले परिचित झापाको अर्जुनधाराधामसहित झापास्थित शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ । अर्जुनधाराधाम मन्दिरमा नेपालको पूर्वीभेगका लगायत छिमेकी भारतीय राज्य पश्चिम बंगा, बिहार राज्यबाट भक्तजन आउने गर्दछन् । यो साल बिगत झैं भारतीय श्रधालुको उपस्थिति भने भएन ।

प्रत्येक वर्ष विशेष पर्वका रुपमा मनाइने शिवरात्रीको अवसरमा यो वर्ष अर्जुनधारा जलेश्वरधाममा ताण्डव नृत्य र भजन प्रतियोगिता र भद्रपुर—६स्थित सिद्येश्वर शिव मन्दिरमा पहिलो पटक गंगा आरतीको आयोजना हुँदैछ । ताण्डव नृृत्यमा प्रथम हुनेले नगद ५० हजार पुरस्कार समेत प्राप्त गर्ने आयोजकले जनाएका छन् ।