लेखापढीको १४ औं वार्षिक सभाको अवसरमा विभिन्न व्यक्ति सम्मानित

भद्रपुर, २७ फागुन । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुर इकाईको १४ औं वार्षिक साधारण सभाको अवसर पारेर विविध कार्यक्रम सहित सभा सम्पन्न गरिएको छ ।

इकाइ समितिका अध्यक्ष लोकनाथ भट्टराइको अध्यक्षता तथा इकाइका केन्द्रीय समितिका निवर्तमान अध्यक्ष तेजप्रसाद ढकालको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान सहित सभा सम्पन्न गरिएको हो ।

कार्यक्रममा उत्कृष्ट लिखत सम्मानबाट लेखापढी व्यवसायी मुरारी न्यौपाने, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका पूर्व अध्यक्ष अर्जुन प्रसाद घिमिरेलाई दीर्घ सेवा सम्मान बाट सम्मानित गरिएको थियो भने उत्कृष्ट सन्तती सम्मानबाट एस ई ए २०७६ मा उत्कृष्ट हुन सफल मुकुन्द घिमिरे, रोशन भुजेल र अपेक्षा सिग्देललाई नगद सहित सम्मानित गरिएको छ ।

इकाईका निवर्तमान अध्यक्ष महेश न्यौपानेले स्वागत तथा सचिव लावण्यकुमार पोखरेलको सञ्चालन रहेको कार्यक्रममा भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका प्रमुख योगेन्द्रप्रसाद दुलाल, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय सचिव युवराज कार्की पर्वत, केन्द्रीय सदस्य रमेश पोखरेल, प्रदेश १ का संयोजक पुरुषोत्तम अधिकारी, अग्रज लेखापढी व्यवसायी खगेन्द्र चौलागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित समेत गरिएको थियो ।