तीन नपालाइ हाजिर हुन अदालतको आदेश

भद्रपुर १८ फागुन । झापाको सहरी फोहोेरमैला सम्बन्धमा परेको रीटमा पहिलो सुनुवाई गर्दै उच्च अदालतले मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकालाई १५ दिनभित्र अदालतमा जवाफसहित हाजिर हुन आदेश दिएको छ ।

उच्च अदालत विराटनगरको इलाम इजलाशका न्यायाधीश विष्णुप्रसाद कोइरालाले सोमवार उक्त आदेश जारी गरेको रीट निवेदक होमनाथ प्रसाई जानकारी दिएका छन् । मेचीनगर वडा नं। ७ का प्रसाईले मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकासहित प्रदेश नं। १ को उद्योग, पर्यटन तथा बन मन्त्रालयलाई विपक्षी बनाई सोमवार नै इलाममा रीट निवेदन दिएका थिए ।

अदालतले रीट निवेदकको माग बमोजिम परमादेश किन जारी नगर्ने भन्दै विपक्षीहरुलाई १५ दिनभित्र जवाफसहित अदालतमा हाजिर हुन आदेश गरेको निवेदकका तर्फबाट मुद्धाको बहस गरेकी अधिवक्ता हेमकला कट्टेलले बताइन् । विषयवस्तुको सम्बेदनशीलतालाई दृष्टिगत गरी अदालतले मुद्धालाई अग्राधिकार दिने समेत आदेश सुनाएको छ ।