गौरादह नगरपालिकामा शिक्षकहरू धर्नामा

भद्रपुर १४ फागुन । गौरादह शिक्षक महासंघ नगर समितिले नगरपालिका कार्यालय अगाडि आज शुक्रबार धर्ना दिएको छ । गौरादह नगरपालिकाले शिक्षा बजेटमा व्यापक कटौती गरेको भन्दै शिक्षक महासंघ नगरसमितिको अगुवाईमा सामुदायिक विद्यालयका शिक्षकहरूले ३ घण्टा धर्ना दिएका हुन् । शिक्षकहरूले नारावाजी गर्दै प्ले कार्ड र व्यानर सहित जनता मावि विद्यालयदेखि गौरादह बजार, डिपु चौक हुँदै नगरपालिका कार्यालय अगाडि धर्ना दिएका थिए ।

आर्थिक वर्ष २०७७र७८ मा छैठो नगरसभाबाट पारित शिक्षा बजेट अन्तर्गत नगरपालिकाले बाल शिक्षक र कर्मचारी प्रोत्साहन भत्ता, विद्यालय कर्मचारी निवृत प्रोत्साहन भत्ता, अंग्रेजी शिक्षक व्यवस्थापन प्रा। वि। तह स्वयसेवक र प्ले ग्रुप कक्षा व्यवस्थापनलगायत १३ बुँदै मागसहित महासंघले धर्ना दिएको हो ।

गौरादह नगरपालि भित्र रहेका ३२ वटा सामुदायिक विद्यालयका शिक्षकहरूले हाजिर पुस्तिकासहित धर्नामा सहभागी भएका थिए । उनीहरू सबै धर्ना स्थलमै हाजिर गरेका थिए । शिक्षकहरू धर्नामा गएपछि गौरादह नगरपालिकाको सबै सामुदायिक विद्यालयहरूमा पठनपाठन ठप्प रह्यो । विद्यालयहरूमा पठनपाठन हुन सकेन ।

नगरपालिकाले बाल शिक्षक र कर्मचारी प्रोत्साहन शिर्षकमा १४ लाख ४० हजार रूपैयाँ, विद्यालय कर्मचारी निवृत प्रोत्साहन शिर्षकमा ४ लाख रूपैयाँ, २० जना अंग्रेजी शिक्षक प्रा। वि। तह ९ स्वयंसेवक० शिर्षकमा ३९ लाख रूपैयाँ र प्ले ग्रुप कक्षा व्यवस्थापन शिर्षकमा ८ लाख रूपैयाँ कटौती गरेको छ । कटौती गरिएको बजेटको विषयमा व्यक्तिगत तथा संस्थागतरूपमा पटक (पटक ध्यानाकर्षण गराए पनि नगरपालिकाले गम्भीरतापूर्वक नलिएकोले चरणवद्व आन्दोलन गर्नु पर्ने बाध्यता भएको अध्यक्ष बाबुराम भण्डारीले बताए ।

नगरको शैक्षिक गुणस्तरमा नगरपालिका सजक रहेको बताउँदै शिक्षामा नगरपालिकाको छैठो नगर सभाबाट १ करोड ८६ लाख रूपैयाँमा छुट्याएको गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार साहले जानकारी गराए । कोरोना भाईरसको महामारीले वजेटको कार्यान्वयनमा चुनौती थपिएको नगर प्रमुख साहको भनाई थियो । शिक्षकहरूको मागप्रति नगरपालिका संवेदनशील भएको बताउँदै बार्ताको माध्यमबाट समस्याको हल गर्ने नगरप्रमुख साहले बताए ।

धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम भण्डारी, नेपाल शिक्षक संगठन गौरादहका अध्यक्ष लिला गौतम, शिक्षक संघ गौरादहका अध्यक्ष रत्न कटुवाल, प्रगति माविका प्रअ डिल्लीराम अधिकारी, जनता माविका प्रअ हरि अधिकारी, मोती माविका कर्मचारी हरी ढकाल, बालशिक्षक भगवती भण्डारीलगायतले बोलेका थिए भने सञ्चालन महासंघका सचिव पुन्य मिश्रले गरेका थिए ।

लेखाशाखामा ताला

गौरादह नगरपालिकाको लेखा शाखामा कर्मचारी नभएपछि ताला लगाईएको छ । लेखाशाखाका सहलेखापाल गणेश भट्टराई प्रसुति स्याहार विदामा र कार्यालय सहयोगी कार्यालयकै काम विशेषले आन्तरिक राजस्व कार्यालय दमक गएपछि लेखाशाखामा ताला लगाईएको छैठौं अधिकृतस्तर कर्मचारी प्रज्वल अधिकारीले जानकारी गराएका छन् ।

लेखा शाखाका सहलेखापाल गणेश भट्टराई हिजो विहिवारदेखि १५ दिनसम्म प्रसुति स्याहार विदामा घर बसेका हुन् ।

लेखाशाखा बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराई पनि कार्यालयमा थिएनन् । उनी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ३ दिने तालिमका लागि विराटनगर गएको जनाईएको छ ।