इन्डियन प्रिमियर लिगमा टोलीहरु तयार
एजेन्सी
रोयल च्यालेन्जर्स बैंगलोर
लिलामीपछि आरसिबीको ब्याटिङ लाइनअप आक्राामक बनेको छ । विराट कोहलीबाहेक अब टोलीमा ग्लेन म्याक्सवेल र एबिडी बिलियर्सजस्ता खेलाडी हुनेछन् । कप्तान कोहली पडिक्कलसँग ओपनिङमा पनि आउनसक्छन् । लोअर अर्डरमा काइल जेमिसन र डेनिय क्रिष्ट्रियनजस्ता अलराउन्डर हुनेछन् । युवा खेलाडीहरुमध्ये मोहम्म अजहरुद्दिन उपयोगी साबित हुनसक्छन् ।
कोलकाता नाइट राइडर्स
केकेआरले यस लिलामीमा सुझबुझपूर्ण निर्णय लिएको छ । राजस्थानले जति ठूलो रकम खर्च गरेर क्रिस मोरिसलाई किन्यो, त्यसको झन्डै आधा रकममा केकेआरले ८ जना उत्कृष्ट खेलाडी किन्यो । सकिब अल हसन र बेन कटिङजस्ता अलराउन्डर, करुण नायरजस्ता ब्याट्सम्यान र हरभजन सिंहजस्ता अनुभवी स्पिनर यस सूचीमा समावेश छन् ।
चेन्नई सुपरकिंग्स
चेन्नईले पछिल्ला केही सिजनदेखि स्पिनरलाई प्राथमिकता दिइरहेको छ । यस लिलामीमा पनि त्यही भयो । हरभजनलाई रिलिज गरेकै समय चेन्नईले नयाँ स्पिनर किन्नेछ भन्ने लागेको थियो । मोइन अली र कृष्णप्पा गौतमजस्ता उत्कृष्ट स्पिनर अब टिमको हिस्सा छ, उनीहरु ब्याटिङमा पनि काम आउनसक्छन् ।
दिल्ली क्यापिटल्स
दिल्लीका लागि यो अक्सन शान्दार रह्यो । उसले २ करोड २० लाख भारुमा स्टिभ स्मिथ र १ करोडमा अनुभवी फास्ट बलर उमेश यादवलाई किन्यो । स्मिथले नकआउट राउन्डमा कप्तान श्रेयर अय्यरलाई असिस्ट पनि गर्नसक्छन् । त्यस्तै, डेथ ओभर्समा उमेशले कागिसो रबाडा र एनरिच नोत्र्जेलाई सहयोग गर्न सक्छन् ।
राजस्थान रोयल्स
राजस्थानले क्रिस मोरिसका रुपमा आईपिएल इतिहासकै सर्वाधिक महंगा खेलाडी खरिद गरेको छ । अक्सनअघि राजस्थानलाई जोफ्रा आर्चरको ब्याकअपका रुपमा एक डेथ ओभर स्पेशलिस्ट चाहिएको थियो । मोरिस डेथ ओभर्समा ब्याटिङ र बलिङ दुबैमा सहयोगी साबित हुनेछन् । त्यस्तै, राहुल तेवतिया र रियान परागसँगै शिवम दुबे लोअर मिडिल अर्डरमा उत्कृष्ट विकल्प हुनसक्छन् । मुस्तफिजुर रहमान आइसकेपछि टिमको बलिङ आक्रमण बलियो भएको छ ।
पञ्जाब किंग्स
पञ्जाले यसपटकको अक्सनमा फास्ट बलरमा जोड दिएको छ । उसले यस अक्सनमा जे रिचर्डसन र राइली मेरिडिजजस्ता तेज बलर खरिद ग¥यो । रिचर्डसन अस्ट्रेलियाको बिग बास लिगमा २९ विकेटसहित सबैभन्दा धेरै विकेट लिने बलर थिए । पछिल्लो वर्ष मोहम्मद सामीलाई साथीको कमी थियो, जो अब रिचर्डसन र मेरिडिथले पुरा गर्नेछन् । दुबै बलर १४० प्लसको रफ्तारमा योर्कर फाल्न माहिर छन् ।
मुम्बई इन्डियन्स
डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले बलिङ लाईनअपलाई बलियो बनाउन जोड दियो । टिमले नाथन कुल्टर नाइल, एडम मिल्ने, जेम्स निशम र पियूष चावलाजस्ता खेलाडी भित्र्याएको छ । पूर्व अपेक्षाअनुसार अर्जुन तेन्दुलकरलाई पनि मुम्बईले नै किन्यो । उनी बायाँ हाते तेज बलर हुन् । टेन्ट्र बोल्टसँग आफ्नो पहिलो सिजनमै उनले धेरै सिकेका थिए ।
सनराइजर्स हैदरावाद
हैदराबादसँग अक्सनभन्दा पहिले सबैभन्दा कम ३ स्लट थियो । यद्यपी, टोलीसँग १० करोड ७५ लाख भारुको राम्रो रकम थियो । उसले केही राम्रा खेलाडी किन्ने प्रयास पक्कै ग¥यो, तर अन्य टिमहरुले धेरै बोली लगाएकाले ती खेलाडीलाई खरिद गर्न सकेन । जसकारण केदार जाधव, मुजिब उर रहमान र जगदीश सुचितजस्ता खेलाडीहरुकै भरमा टोलीले काम चलाउनुप¥यो । विगतमा मिडिल अर्डरमा मनिष पाण्डेमाथि सबै दबाब थियो, यस्तोमा केदार जाधव राम्रो विकल्प साबित हुनसक्छन् । यस टिममा डेभिड वार्नर, विलियम्सन, भुवनेश्वर कुमार, मिचेल मार्सलगायतको उपस्थिती छ ।
नेपाली स्पिनर सन्दीप छनोटमा असफल
सन् २०२१ को इन्डियन प्रिमियर लिगका लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल भएका छन् । अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन् । आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका थिए ।
उनलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपीएल खेलेका थिए । उनी त्यो बेला रु ३२ लाखमा अनुबन्ध भएका थिए । सन् २०१९ र सन् २०२० मा दिल्लीको टोलीमा रहेका लामिछानेलाई फुकुवा गरेपछि उनी यस पटक अक्सनमा सहभागी भएका थिए ।