झापा स्पोर्टस् अवार्ड २०७६ सार्वजनिक

बिर्तामोड । झापा स्पोर्टस् अवार्ड २०७६ मनोनयनमा परेका झापाका खेल प्रतिभा सार्वजनिक गरिएको छ । सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको चौथो संस्करणको मनोनयनमा परेका चार विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो ।

‘झापा स्पोर्टस् अवार्ड’ चौथो संस्करणका लागि विभिन्न चार विधामा प्रत्येक विधामा तीनतीनजना र दुई विधामा छनोट समितिले प्रतिभाको लोकप्रियताको आधारमा एकएकजना सिधै छनोट गरेको प्रतिभा छनोट समितिका संयोजक सचित आनन्द सुब्बाले जानकारी दिए ।

वर्ष उत्कृष्ट खेलाडी पुरुषमा अनन्त तामाङ —फुटबल, सेसेहाङ आङदेम्बे —फुटबल । छिरिङ गुरुङ —फुटबल, वर्ष उत्कृष्ट खेलाडी महिलामा जुनी राई —उसु, देविका खड्का —जुडो, कमला श्रेष्ठ —फेन्सिङ रहेका छन् ।

त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी —युवामा रेजिन सुब्बा —फुटबल, मनिता श्रेष्ठ प्रधान —जुडो, अनुजा कुलुङ राई —कबड्डी र वर्ष उत्कृष्ट प्रशिक्षकमा प्रवेश कटवाल —फुटबल, मदन उप्रेती —कराते, वोङदेन लामा —पौडी रहेका छन् ।

वर्ष खेलाडी पुरुषलाई एक थान मोटरसाइकल, वर्ष खेलाडी महिलालाई एक थान स्कुटर, वर्ष खेलाडी युवालाई नगद २५ हजार, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए ।

त्यस्तै, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । साथै, यो वर्ष दुईजनालाई नगद २५ हजारसहित स्पेसल अचिभमेन्ट अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।