बिरालोले आफ्नो ज्यान दिएर दुई बच्चालाई बचायो
एजेन्सी
अष्ट्रेलियाको सर्वाधिक विषालु सर्पबाट दुई बच्चालाई जोगाउने क्रममा एक घरपालुवा बिरालोको मृत्यु भएको छ । अष्ट्रेलियाको क्विन्स्ल्याण्डस्थित आफ्नो घरको पछाडि पट्टी दुइ बच्चा खेलिरहेका थिए । तेसैबेला इस्टर्न ब्राउन प्रजातिको सर्प बच्चा नजिकै पुग्यो ।
आर्थर नामको घरपालुवा बिरालोले बच्चातिर लम्किरहेको सर्पलाई देखेर सर्पलाई छेकेर लडाई गर्न थाल्यो । बिरालोले उक्त सर्पसँग लड्यो र मार्यो पनि । तर दुर्भाग्यवश, लडाईंका क्रममा सर्पले बिरालोलाई टोकेको थियो । केहीबेर बिरालो अचेत भए पनि बिस्तारै उठ्यो । त्यसको भोलिपल्ट बिहान विषका कारण आर्थर ढल्यो । परिवारले बिरालो ढलेको अवस्थामा अस्पताल पुयरए तर त्यतिबेलासम्म ढिलो भइसकेको थियो ।
‘इस्टर्न ब्राउन’ प्रजातिको सर्प अत्यधिक रिसाहा, तीब्र गतिको र नराम्रो बानीका कारण चर्चित छ । यो प्रजातिको सर्पको विष संसारकै दोस्रो विषालू मानिन्छ ।