हत्याको आरोपमा उराउ पक्राउ

भद्रपुर ४ फागुन । भद्रपुर नगरपालिका–७ का ५८ बर्षीय साहेबा उराउ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । सोमबार दिउसो ३ बजे उराउ र उनकी श्रीमती ६० बर्षीया फिल्सिता उराउ विच झै–झगडा हुँदा उराउले फिल्सितालाई टाँउकोमा ढुंगाले प्रहार गरी घाइते बनाएका थिए । घाइते फिल्सिताको मंगलबार विहान राती २ बजे मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरमा आफन्तले जानकारी गराएको प्रहरीले बताएको छ ।

घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई साहेबा उराउलाई नियन्त्रणमा लिईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।