आज झापामा ८३३ जनाले लगाए खोप
भद्रपुर ४ फागुन । झापामा दोश्रो चरणको कोरोना बरिुद्धको खोप आज ४ गते १६९ जना मखिला र ६६४ जना पुरुष गरी जम्मा ८३३ जनाले लगाएका जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जनाएका छन् । उनका अनुसार, गौरादह नगरपालिकामा १७६ जना, दमक नगरपालिकामा १८० जना, बिर्तामोड नगरपालिकामा ७० जना, बुद्धशान्ति गाउँपालिकामा १३६ जना, भद्रपुर नगरपालिकामा १६० जना रबाहैदशीगाउँपालिकामा १११ जनाले खोप लगाएका छन् ।