हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
भद्रपुर ३ फागुन । हात्तीको आक्रमणमा परी भद्रपुरकी एक महिलाको मृत्यु भएको छ । भद्रपुर–२ स्थित कमलधापकी ५० वर्षीया सीता दाहालको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजीकैको जंगलमा साथीहरुसँग घास काट्न गएकाबेला दिउसो १ बजे उनलाई हात्तीले आक्रमण गरेको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए ।
घाइते दाहाललाई उपचारका लागि बिर्तामोडको अस्पताल लैजादै गर्दा बाटै मृत्यु भएको उनले बताए ।