झापामा आज ८७८ जनाले लगाए खोप
भद्रपुर ३ फागुन । पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन छुटेकाहरुलाई २ गते देखि ८ गतेसम्म झापा जिल्लाका विभिन्न स्थानमा खोप लगाउन शुरु गरिएको छ । सरकारी कार्यालय, सरकार संस्थान, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, पत्रकार, जनप्रतिनिहरु, सुरक्षाकर्मी, सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरु र पहिलो चरणमा छुटेका व्यक्तिहरुलाई खोप लगाउन अनुरोध गरिएको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
सोही क्रममा आज ३ गते झापामा १९० महिला र ६८८ पुरुषले कोरोना विरुद्धको खोप लगाएका चौलागाईंले बताए । उनका अनुसार, गौरीगन्जमा २०६ जना, दमकमा १४० जना, बिर्तामोडमा ३८ जना अर्जुनधारामा २१० जना, कचनकवलमा २१०र भद्रपुरमा ४० जनाले खोप लगाएका छन् ।