दमकमा महिलाहरुको विरोध प्रर्दशन
भद्रपुर २ फागुन । बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टका दोषीलाई कारबाहीको माग गर्दै आज प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा महिलाहरुले विरोध प्रर्दशन निकालेका छन् । मेची (महाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकले गणतन्त्र चोकमा भेला भएर महिला तथा बालिका हत्यामा संलग्नको खोजीमा सरकार उदासिन बनेको भन्दै अविलम्ब पक्राउ गर्न माग गरेका हुन ।
बुहारीहरुले महिलामाथि हुने सवै प्रकारका हिंसा रोक्न, बलाकारका घटनामा संलग्नलाई तुरुन्त पक्राउ गर्न, कानून अनुसार कार्वाही गर्न लगायतका माग राख्दै प्लेकार्ड तथा व्यानर प्रदर्शन गरेका थिए । परिवार र समाजमा छोरी चेलीहरु असुरक्षित भईरहेको र अपराधमा संलग्नहरु समेत पक्राउ नपरेकाले दोषीलाई कार्वाहीको माग गर्दै प्रदर्शन गरिएको आयोजक संस्थाकी झापा उपाध्यक्ष तथा दमक संयोजक जमूना निरौला अधिकारीले जानकारी दिइन । कार्यक्रममा जिल्ला संयोजक शिखा खडका गणेश, जिल्ला उपाध्यक्ष गंगा भट्टराई र सचिव कविता थापा लगायतले बोलेका थिए ।