नेपाली कांग्रेसमा आबद्ध भातृ संघसंस्थाको विरोधसभा
विर्तामोड १९ माघ । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले वर्तमान प्रधानमन्त्री के.पी शर्मा ओलीको हुकुमी शासन धेरै दिन नचल्ने दावी गर्नुभएको छ ।
नेपाली कांग्रेसमा आबद्ध भातृ संघसंस्थाको आयोजनामा झापाको विर्तामोडमा आयोजित विरोधसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति थापाले सडक संघर्षबाट स्थापित लोकतान्त्रिक ब्यवस्था र संविधान कांग्रेसले सडक संघर्षबाटै पुनस्र्थापित गर्ने बताउनुभएको हो । संसदको निर्णयबाट सिफारिस भएमात्रै राष्ट्रपतिले संसद विगठन गर्ने ब्यवस्था विपरित मन्त्रीपरिषदको निर्णयबाट संसद भंग गर्नु संवैधानिक ब्यवस्था विपरित भएको उल्लेख गर्दै नेता थापाले ओलीले देशलाई अन्योलको भूमरीमा धकेलेको बताउनुभयो । पुष ५ गते कालोदिनको रुपमा स्थापित भएको उल्लेख गर्दै नेता थापाले ओलीको ब्यक्तिगत स्वार्थमा सर्वोच्चको निर्णय नआउने विश्वास समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापा भातृ संघसंस्था विभाग प्रमुख देउमान थेवे, नेपाली दलित संघका केन्द्रीय सदस्य हस्त परियार, नेपाल किसान संघ झापाका अध्यक्ष राजेन्द्र भटराई लगायतले बोल्नुभएको थियो । कार्यक्रमका अधिकांश बक्ताहरुले वर्तमान के।पी। शर्मा ओली नेकपाको एक झुण्ड लिएर अघि बढेको उल्लेख गर्दै ओलीका निर्णयले संवैधानिक संकटतिर मुलुकलाई धकेलेको धारणा राखेका थिए । नेपाल महिला संघ झापा सभापति शुशिला ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत तरुण दलका सहसचिव सजेस शिवाकोटी र सञ्चालन नेविसंघ सभापति राजेन्द्र उप्रेतीले गर्नुभएको थियो ।
विभिन्न नारा जुलुससहित विर्तामोड बजार परिक्रमापछि इलाका प्रहरी कार्यालय विर्तामोडअगाडि पुगेर कोणसभामा परिणत भएको थियो । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन बमोजिम भातृ संघसंस्थाले सोमबार देशभर प्रदर्शन गरेका हुन् । के.पी.ब् ओली नेतृत्वको सरकारले गत पुस ५ गते संसद विगठन गरेपछि नेपाली कांग्रेसले चरणबद्ध विरोध प्रदर्शन गरिरहेको छ । यसअघि जिल्ला, क्षेत्र, प्रदेश क्षेत्र, गाउँरनगर र वार्डतहसम्म विरोध प्रदर्शन गरिसकेको छ ।