झापामा आज ३४५ जनाले लगाए कोभिड १९ बिरुद्धको खोप
भद्रपुर १९ माघ । झापामा कोभिड १९ बिरुद्धको खोप आज छैठौंदिन ३४५ जनालाइ लगाइएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसमा १८५ जना महिला र १६० जना पुरुष रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार, मेची प्रादेशिक अस्पताल भद्रपुरमा ४७ जना, अनारमनि नगरअस्पतालमा२२८ जना र दमक अस्पतालमा ७० जनालाइ खोप लगाइएको छ ।