गौरीगन्जस्थित फत्तेपुर नाका खोल्ने निर्णय
भद्रपुर १७ माघ । नेपाल सरकारले औपचारिकरूपमा भोली आईतबारदेखि झापाको गौरीगंज गाउँपालिकास्थित आठमौजा छोटी भन्सार अन्तर्गत फत्तेपुर नाका खोल्ने निर्णय गरेको छ । गौररीगंजको फत्तेपुर नाकाबाट नेपाल(भारत आवतजावत गर्ने मानिसहरूको रेकर्ड राखेर आवतजावत गर्ने दिइने निर्णय भएको ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक राकेश रेग्मीले बताएका हुन् ।
उनले भारतीय नागरिकले नेपाल आउँदा ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट र सीसीएमसीको फर्म भरेको प्रिन्ट ल्याए मात्र नेपाल आउन दिने बताए । उनले भने, ‘पहिलाकै जस्तै पूर्ण रुपमा खुल्ला गर्ने भनिएको छैन । नेपाल आउने मानिसहरूको रेकर्ड राखेर आउन दिइने भनिएको हो । मानिस बोकेर सवारी साधन आउने जाने भन्ने होइन । आवतजावत गर्ने सीमा नजिकका भारतीय नागरिकहरूलाई रेकर्ड राखेर फत्तेपुर नाकाबाट नेपाल आउन दिईने उनले बताए ।
नाका बन्द भएको नामको मात्रै हो, सीमा नजिक घर भएका एक स्थानियले भने – ‘ पहिला जस्तो दिनहुँ जसो मानिसहरू नेपाल – भारत आउजाउ गर्दै आएका छन् र मालसामान ओसारपसार भईरहेको छ ।’